
कोरियाले १० हजार नेपाली कामदार लग्ने, फागुन दोस्रो साता भाषा परीक्षाको आवेदन

कोरिया सरकारले हालै अागामी वर्षका लागि आफ्नो देशमा आवश्यक पर्ने विदेशी कामदारकाे संख्या निर्धारण गरेसँगै नेपालले १० हजारभन्दा बढीकाे काेटा पाउने भएकाे हाे । नेपाली कामदाकाे कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै काेरियाले काेटा बढाएकाे हाे ।

कामदार छनाेट गर्न फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो साता परीक्षा गर्ने तयारी भइरहेकाे जनाइएकाे छ । वैदेशिक रोजगार विभाग इपिएस शाखाले विगतको वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जानकारी गराएकाे हाे ।
साभार #N#24
0 Comment