जापानि दुताबास ले गर्यो भिषा आवेदन मा परिवर्तन

 

जापानले नेपालबाट भिषा प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ । नेपालस्थित जापानी दूतावासले भिषा प्रशोधनका लागि भि.एफ.एस ग्लोबल नामको कम्पनिसँग प्रवेषाज्ञा सेवा सम्वन्धि सम्झौता गरेको जनाएको छ ।

फेब्रुवरी १,२०२१ मा भि.एफ.एस ग्लोबलसँग यस सम्वन्धि सम्झौता गरिएको र सम्झौता अनुसार नयाँ नियम २०७७ साल फागुन २० गतेबाट लागू भएको छ । अर्थात् मार्च ४ तारिख बिहिबारबाट यो नियम लागू गरिएको छ ।

लागू गरिएको नयाँ नियमानुसार भि.एफ.एस ग्लोवलले दूतावासले गर्दै आएको निम्न लिखित कामहरु गर्नेछ
१.आवेदकहरूबाट भिषा अपोइन्टमेन्टको बुकिंग
२.आवेदकहरूबाट भिषा आवेदनहरू स्वीकार
३.आवेदकहरूलाई भिषाजारी
४.भिषा आवेदकहरूको लागि सोधपुछका जानकारीहरु ( फोन वा ईमेल मार्फत ) लिने भि.एफ.एस ग्लोवल कम्पनीलाई २०२१ बाट जापानी भिषा सेवाको जिम्मेवारी दिईएको दूतावासले जनाएको छ ।

अब उप्रान्त जापानको भिषा सम्वन्धि निम्न लागू गरिएको नयाँ नियमानुसार भि.एफ.एस ग्लोवलले दूतावासले गर्दै आएको निम्न लिखित कामहरु गर्नेछ
१. आवेदकहरूबाट भिषा अपोइन्टमेन्टको बुकिंग
२.आवेदकहरूबाट भिषा आवेदनहरू स्वीकार
३.आवेदकहरूलाई भिषाजारी
४.भिषा आवेदकहरूको लागि सोधपुछका जानकारीहरु ( फोन वा ईमेल मार्फत ) लिने भि.एफ.एस ग्लोवल कम्पनीलाई मार्च ४ तारिख २०२१ बाट जापानी भिषा सेवाको जिम्मेवारी दिईएको दूतावासले जनाएको छ
अब उप्रान्त जापानको भिषा सम्वन्धि निम्न लिखित कामको लागि जापानी दूतावासमा नभई भि.एफ.एस.ग्लोवलमा सम्पर्क राखनुपर्नेछ
१. बुकिंग भिषा अपोइन्टमेन्टको लागि
२.भिषा आवेदन बुझाउन
३.भिषा संकलन ( लिन ) जाने यद्यपी जापान सरकारले हाल कोरोना भाइरस महामारी रोकथामको कारण नयाँ भिषा आवेदनहरु लिनेकाम बन्द गरेको छ ।

भि.एफ.एस.ग्लोवलको वेबसाइट छिट्टै नै उपलब्ध गराईने र वेवसाईट तयारभएपछि सूचित गरिने दूतावासले जनाएको छ । भिाएफाएस । ग्लोवलको होमपेज समय समयमा हेर्न र नेपाल स्थित जापानी दूतावासको ताजा web मा हेर्न दूतावासले सबैमा आग्रह गरेको छ ।

कोरोना भाइरस सम्वन्धि रोकथामको उपाय परिमार्जन गरिएपछि आफ्नो भिषाका लागि बुगिंक गराउन सकिने दूतावासले जनाएको छ । भिसा आवेदकहरू जसले दूतावासमा यसअघिनै अपोइन्टमेन्ट बुकिंग गरिसकेका थिए तथा जसलाई डिसेम्बर २८,२०२० देखि मार्च २६ , २०२१ सम्म सूचनाहरू दिइएका छन् उनिहरुलाई भिषाको लागि नयाँ मिति तोकिने र भि.एफ.एस ग्लोवलले सिधा जानकारी गराउने दूतावासको सूचनामा उल्लेख छ ।

यसअघि अपोइन्टमेन्ट बुकिंग मिति पाएर रद्द हुन पुगेकाहरुले नयाँ बुकिगं गराउन पर्नेछैन । नेपाल स्थित जापानी दूतावासले अझै पनि तीन प्रकारका व्यक्तिहरुको भिषा आवेदनहरु लिइरहेको स्पष्ट पारेको छ ।

नेपाल स्थित जापानी दूतावासले अझै पनि तीन प्रकारका व्यक्तिहरुको भिषा आवेदनहरु लिइरहेको स्पष्ट पारेको छ । जस अन्तर्गत
१. कूटनीतिक र विशेष आधिकारीक राहदानी वाहक
२.मानवीय कारणहरूले तुरून्त भिषा आवश्यक परेकाहरु
३.जसलाई दूतावासले आफै सम्पर्क राखेको छ ।