जापान प्रवेश बन्दको मारमा परेका विदेशी विद्यार्थीहरुलाई, शिक्षा मन्त्रीद्वारा एक भिडियो सन्देश जारी,जति सक्दो चाँडो जापान प्रवेश गराउने प्रतिवद्धता( भिडियो)

टोकियो/जापान । जापानमा अध्ययनको सपना बोकी विगत लामो समयदेखि प्रतिक्षामा रहेका विदेशी विद्यार्थीहरुलाई पछिल्लो दिनमा देखिएको ओमिक्रोन भेरियन्टले फेरि निराश बनाएको कुरा हामी विदेशी समुदायमा त सबै जानकार नै छौँ ।

बल्ल तल्ल झण्डै २ वर्षको प्रतिक्षा पछि ढिलै भएपनि जापान जान पाईने भयो भनेर प्रकृयामा अगाडी बढेका हज्जारौँ विद्यार्थीहरु जापान सरकारको पछिल्लो निर्णय ( नव प्रवेशीहरुलाई बन्द)ले फेरि अन्यौलता थपिदिएको छ । ओमिक्रोन भेरियन्ट वास्तवमा कति घातक हो भन्ने पुष्टि हुनु अगाडी नै जापान सरकारले गरेको निर्णयप्रति विश्व स्वास्थ्य संगठन लगायतका सरोकारवाला निकायहरुले पनि सहज प्रतिकृया दिएका छैनन् ।

यसैबिच, यो एक महिनाको लागि भनेर रोकिएको नव प्रवेशीहरुको जापान आगमन जनवरी पछि के होला ? जापान सरकारले लाखौँ विदेशी विद्यार्थीहरुको भविष्य बारे किन मौनता देखाएको होला ? जस्ता आम जिज्ञासाहरु बढिरहँदा आज शिक्षा मन्त्री सुएमाचु सिनसुकेले एक भिडियो वक्तव्य जारी गर्दै जापान प्रवेशको प्रतिक्षामा रहेका विदेशी विद्यार्थीहरुको भावनालाई समेट्ने प्रयास गरेका छन् ।
मन्त्री सुएमाचुले भिडियो मार्फत विदेशी विद्यार्थीहरुलाई जापान सरकारले वेवास्था नगरेको र जतिसक्दो छिटो जापान प्रवेश गराउनेतर्फ आफुहरु केन्द्रित रहेको आशय व्यक्त गरेका छन् ।