
जापान जाने कामदारको परीक्षा टुंगो
काठमाडौँ — जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिककै १९ र २० गते सीप परीक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् ।
भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । नर्सिङ कियर गिभरमा जाने कामदार जापानको सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमासहभागी हुन पाउनेछन् ।
0 Comment