जापानमा निःशुल्क प्रि स्कुलको प्रस्ताव पारित . जापानमै बच्चा जन्माउने र हुर्काउने विदेशी नागरिकहरु लाभान्वित
टोकियो – जापान सरकारले प्रि-स्कूल कार्यक्रमको प्रस्ताव शुक्रबार पारित गरेको छ । कार्यक्रममा बच्चाहरुको देखभाल र उच्च शिक्षामा सहयोग पु्र्याउने लगायतका कुरा रहेका छन् । साथै यसमा ३ वर्ष देखि ५ वर्षसम्मका सबै बालबालिकाका लागि निःशुल्क सरकारी प्रि–स्कूल शिक्षाको व्यवस्था गर्ने लगायतका कुरा पनि समावेश छन् जुन योजनाको कार्यान्वयन आगामी अक्टोबर २०१९ देखि गरिने भएको छ ।
जापानको घट्दो जन्मदरका कारण सरकारले अक्टोबरबाट लागू हुने गरि न्यून आम्दानी भएका परिवारको २ वर्ष सम्मका बच्चालाई निःशुल्क देखभाल (डे केयर) को पनि व्यवस्था गर्ने भएको छ । साथै सन् २०२० को अप्रिलबाट लागू हुने गरि न्यून आम्दानी भएका परिवारका विश्वविद्यालयस्तरिय विद्यार्थीका लागि छात्रवृत्तिको समेत व्यवस्था गरिने भएको छ ।
सरकारले युवादखि वृद्धसम्म सबै पुस्तामा सुधार ल्याएर राष्ट्रिय सामाजिक सुरक्षा प्रणालीमा परिवर्तन गर्ने योजना बनाएको छ । यसमा निःशुल्क शिक्षाको कार्यक्रम पहिलो कदम रहेको प्रधानमन्त्री सिञ्जो आवेले एक संसदीय बैठकमा बताएका छन् । यस योजनामा वार्षिक ७ खर्ब ७७ अर्ब येन खर्च हुने अनुमान गरिएको छ ।
३–५ वर्षसम्मका बालबालिकाका लागि सरकारी मान्यता प्राप्त होइकुएन, योउचिएनमा (डे केयर सेन्टर) मा राखे बापत लाग्ने शुल्क पूर्ण निःशुल्क हुने र मान्यता प्राप्त नगरेको होइकुएन, योउचिएनमा राखे बापत लाग्ने शुल्क १ महिनाको अधिकतम ३७००० सम्म सरकारले सहयोग गर्नेछ । हालको नियममा होइकुएनमा राख्दा बाउ आमाको आम्दानि हेरेर महिनावारी लाग्ने शुल्क निर्धारण हुन्छ । यो सुविधा पाउन सरकारले निर्धारण गरेको क्याटोगोरीमा भने पर्नुपर्छ ।
त्यस्तै राष्ट्रिय र सरकारी विश्वविद्यालयका विद्यार्थीका लागि वार्षिक ३ लाख ५० हजार येनको छात्रवृत्ति प्रदान गरिनेछ भने परिवारबाट बाहिर रहेका विद्यार्थीका लागि वार्षिक ८ लाख येन बराबरको छात्रवृत्ति प्रदान गर्ने योजना सरकारको छ । निजी स्कूलको शुल्क ७ लाख येन सम्मले कटौती गरिने छ भने राष्ट्रिय र सरकारी स्कूलको शुल्क ५ लाख ४० हजार येन निर्धारण गरिने सरकारी तयारी रहेको छ ।
जापानमा रहेका धेरै नेपालीहरुले पनि यहीं बच्चा जन्माउने र यतै हुर्काउने क्रम बढिरहेको सम्बन्धमा सरकारको यो निर्णयले धेरैलाई राहत मिल्ने अनुमान गरिएको छ । साभार Being N
0 Comment